वामदेवलाई भेट्न भैँसेपाटी पुगे ओली

बुधबार, फागुन १७, २०७९

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमालेकै पूर्वनेता वामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगेका छन् ।

राष्ट्रपतिमा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ उठेपछि राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमलाई भेट्न अध्यक्ष ओली उनको निवास पुगेका हुन् । भेटमा राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेद्‍वार नेम्वाङका लागि भोट दिन र पार्टी एकता गर्न पनि ओलीले आग्रह गरे ।

नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामको पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् ।

यसअघि ओलीले नेम्बाङलाई मत माग्दै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेखेका थिए । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले ‘नेकपा’ विभाजन हुँदा दुवै पार्टीबाट अलग्गिएर छुट्टै पार्टी गठन गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्