सभामुख घिमिरे फागुन २६ मा बहराइन जाने

बुधबार, फागुन १७, २०७९

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बहराइन जाने भएका छन् ।

इन्टर पार्लियामेन्ट्री युनिटमा सहभागी हुन सभामुख घिमिरे २६ फागुनमा बहराइन जान लागेका हुन् । 

सभामुखको भ्रमण तय भएको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्