राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का नेता सुवास नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको भए पनि दुवै नेताले फिर्ता नलिएपछि दुवैको उम्मेदवारी कायम भएको हो । 

राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ । निर्वाचनका लागि नेताहरू पौडेल र नेम्वाङको उम्मेदवारी रहेको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार