समीट लघुवित्तले लाभांश दिने

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ – समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ । 

कम्पनीको १५ फागुनमा बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हाल कायम चुक्तापुँजीको १३ दशमलव ५६२७५३ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७१३८२९ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव २७६५८२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्