नेभिगेशन
अर्थ विविध

किसानलाई बाख्रा वितरण

सल्यान –किसानको आयआर्जन बढाउने उद्देश्यले सल्यानको त्रिवेणी गाउँपालिकाले बाख्रा वितरण गरेको छ ।

बाख्राको साना व्यावसायिक पकेट विकास कार्यक्रमअन्तर्गत त्रिवेणी गाउँपालिका–४ फलाबाङका प्रगति कृषि तथा पशुपन्छी समूहका किसानलाई बाख्रा वितरण गरिएको हो ।

समूहलाई ३५ वटा बाख्रा र १ उन्नत जातको बोका प्रदान गरिएको त्रिवेणी गाउँपालिका पशुसेवा शाखाले जनाएको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले बाख्रा, बोका र खोर सुधारमा ३ लाख ६२ हजार ५ रुपैयाँ खर्च गरेको पशुसेवा शाखा प्रमुख वसन्त रावतले बताए ।

अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरूका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे ।

बाख्रा हस्तान्तरण गर्दै रावतले भने, ‘अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

वडा –४ बाख्रापालनका लागि उपयुक्त वातावरण भएको बताउँदै वडाध्यक्ष छविराज शर्माले बाख्रापालन व्यवसाय अघि बढाउन आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध