ज्ञानेन्द्रलाई भेटेपछि रवीन्द्रको प्रतिक्रिया– १२ बुँदेमा राजतन्त्रको ‘निरंकुशता’ मात्र हटाउने भनिएको थियो

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले तत्कालीन ७ दल र माओवादीबीच भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सहमतिमा राजतन्त्रको ‘निरंकुशता’को अंश मात्र हटाउने भनिएको दाबी गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब दुई महिनामै दोस्रोपटक भेट गरेपछि उनले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।

जनताको चाहनाअनुरूप पूर्वराजा ज्ञानेन्द्रले त्यति नै बेला ‘निरंकुशता’ त्यागिदिएको मिश्रको भनाइ छ ।

‘१२ बुँदे सहमतिमा राजतन्त्रको ‘निरंकुशता’को अंश मात्र हटाउने भनिएको थियो,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनले जनताको चाहनाअनुरूप त्यति नै बेला (२०६३ साल वैशाख ११ गते) ‘निरंकुशता’ त्यागिदिए ।’

विदेशीको खेल र ‘प्रचण्डीकरण’को भेलमा तत्कालीन आठ राजनीतिक दलले समर्पण गरिसकेको राजसंस्थालाई नै मारिदिएको उनको आरोप छ ।

‘अर्को शब्दमा भन्नु पर्दा उनी (ज्ञानेन्द्र) आफूलाई जनतासामू समर्पण गरिसकेका राजा थिए । भीषण युद्धमा पनि आत्मसमर्पण गरेको सेनालाई मारिँदैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘तर विदेशीको खेल र ‘प्रचण्डीकरण’को भेलमा तात्कालीन आठ राजनीतिक दलले समर्पण गरिसकेको राजसंस्थालाई नै मारिदिए ।’

करिब दुई महिनाअघि पनि मिश्रले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए । त्यसबेला पनि उनले राजसंस्थाको अपरिहार्यताको वकालत गरेका थिए । 

यस्तो छ मिश्रको पूरा भनाइ : 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्