दुई फ्रेन्च खेलाडीलाई पछि पार्दै विश्वविजेता कप्तान मेसीले जिते वर्ष खेलाडीको पुरस्कार  

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ- विश्वविजेता अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसीले फिफा प्लेयर अफ द इयर (वर्ष खेलाडी) अवार्ड जितेका छन् । फान्सको राजधानी पेरिसमा गएराति भएको फिनालेमा उनले फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत पुरुषतर्फको यो पुरस्कार जितेका हुन् ।

गत २०२२ को डिसेम्बरमा भएको फाइनलमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकपको उपाधि जितेको थियो । संयोगवश उनले फ्रान्सकै दुई खेलाडीलाई पछि पार्दै वर्ष खेलाडीको पुरस्कार जित्न सफल भए ।

मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का आफ्ना सहकर्मी तथा विश्वकप फाइनलका प्रमुख प्रतिद्वन्द्वी फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मेसीले २०२१-२२ को सिजनमा क्लब र राष्ट्रका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।

महिलातर्फको प्लेयर अफ द इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितेकी छिन् ।

पुरुषको कोच अफ द इयर अवार्ड अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले जित्दा महिलातर्फ सरिना वेइगम्यानले हात पारिन् ।

यस्तै, गोलकिपर अफ द इयर अवार्डको पुरुषतर्फ अर्जेन्टिनाका इमिलियानो मार्टिनेज र महिलामा मारी इएप्र्सले जितिन् ।

मार्सिन ओलेक्सीले पुस्कास अवार्ड प्राप्त गरे भने बेस्ट फ्यान अवार्ड अर्जेन्टिना समर्थक र फेयर प्ले अवार्ड लुका लोचोसभिलीले प्राप्त गर्न सफल भए ।

गत संस्करणको फिफा प्लेयर अफ द इयर अवार्ड पोल्यान्ड तथा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जितेका थिए ।  

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०८:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी मियामी जाने निश्चित
मंगलबार, फागुन १६, २०७९

मेसी साउदी जाने पक्का
मंगलबार, फागुन १६, २०७९

मेसी २ साताका लागि निलम्बनमा 
मंगलबार, फागुन १६, २०७९