सुजुकीको नेक्स जेन डिलरशीपमा स्मार्ट सिरोजेनिक्स

सोमबार, फागुन १५, २०७९

काठमाडौँ –नेपालका लागि सुजुकी ४ पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्सले आफूले बिक्री गर्दै आएका सुजुकी ब्राण्डका विभिन्न मोडलहरू मध्ये प्रिमियम सेगमेण्टका सवारी साधनहरूको बिक्रि व्यवस्थापन गर्न ‘सिजी नेक्स जेन’ स्मार्ट सिरोजेनिक्स शोरूमको अवधारणा अगाडि सारेको छ ।

सोही अवधारणा अन्तर्गत ग्राहकहरूलाई विश्व स्तरीय सेवा सुविधा तथा अनुभव प्रदान गर्ने उद्देश्यका साथ नक्साल काठमाडौँमा कम्पनीको आधिकारिक डिलरको रूपमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरूलाई सहज र झन्झट मुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाइन कम्पनीको भनाइ छ ।

स्मार्ट सिरोजेनिक्स मार्फत सुजुकी व्राण्डका प्रिमियम गाडीहरू उपलब्ध हुनेछन् भने ग्राहकले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय रहने कम्पनीको दाबी छ । 

शोरुम मार्फत सुजुकीको ग्राण्ड भिटारा, एसक्रस, रेटिगा, एक्सएल ६, डिजीरी, लिग्न्सि, बालिनो लगायतका प्रिमियम गाडीहरू खरिद गर्न गर्न सकिनेछ ।

नक्सालस्थित स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र सिरोहिया ग्रुपका अध्यक्ष गोपाल प्रसाद सिरोहियाले संयुक्त रुपमा गरेका हुन् ।


 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्