हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना

सोमबार, फागुन १५, २०७९

काठमाडौँ –नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिले आफ्नो विद्युतीय गाडीमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ ।

हुन्डाईले ‘अपग्रेड यर इलेक्ट्रिक जर्नी विथ आईओएनआईक्यू ५’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको हो । यस अफरमा  ग्राहकहरूले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी केओएनए वा आईओएनआईक्यूसँग साट्न सक्नेछन् । यो एक्सचेन्ज योजनामा केओएनएको न्यूनतम एक्सचेन्ज मूल्याङ्कन ४० लाख रुपैयाँ कायम गरिएको छ जुन हालसम्मको मूल्याङ्कनमा सबैभन्दा बढी रहेको हो ।

यस अफरको फाइदा उठाएर ग्राहकहरूले आफ्नो पुरानो प्यलब ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ प्यलब इलेक्ट्रिक वा आईओएनआईक्यू छ को उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्नेछन् ।

यो योजनाबाट ग्राहकहरूले कोना तथा आईओएनआईक्यू छ को सम्पूर्ण विशेषताहरुसँग साक्षात्कार गर्न पाउने छन् । यो एक्सचेन्ज योजनाले हुन्डाईका विद्युतीय गाडीहरुप्रति ग्राहकहरुको भरोसा बढ्ने विश्वास कम्पनीले लिएको छ ।

एक्सचेन्ज अफर योजना नेपालभरिको हुन्डाई शोरुमहरूमा उपलब्ध छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेशनमार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्