एमालेका मन्त्रीहरूले बुझाए राजीनामा

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।

सोमबार एमालेबाट मन्त्री बनेकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । 

एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एमालेका मन्त्रीहरू प्रधानमन्त्रीलाई राजीनामा बुझाउन बालुवाटार पुगेका हुन् ।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा ८ मन्त्री सहभागी थिए ।

पाैडेल उपप्रधान तथा अर्थमन्त्री थिए भने ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्