रोयल इनफिल्डले ‘रेसेस राइड’ गर्दै

सोमबार, फागुन १५, २०७९

काठमाडौँ –सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इनफिल्ड’ का लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘रेसेस राइड’ कार्यक्रम आयोजन गर्ने भएको छ । 

यस कार्यक्रमको मुख्य उद्देश्य ‘रोड सेफ्टी अवार्नेस, राइड सेफ्टी अवार्डनेस’ र बन्दीपुरको इन्टरनल टुरिजम प्रवद्र्धन गर्नु रहेको कम्पनीले जनाएको छ । 

रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरूले अनलाइन फर्म भरेर सहभागी हुन सक्नेछन् ।

‘रेसेस राइड’ कार्यक्रम १९ र २० फागुनमा हुनेछ । १९ फागुनमा बिहान ६ बजे रोयल इनफिल्डको नक्साल शोरूमबाट सुरु हुने राइड थान्कोट–नागढुङ्गा–नौबिसे–बैरेनि–बेनिघाट–कुरिन्टार– मुग्लिङ्–आबु खैरेनि–डुम्रे हुँदैसोही दिन बन्दीपुर पुग्नेछ । 

बन्दीपुर पुगेपछि राइडरहरूको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन । २० फागुनमा  बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले आ–आफ्नै गन्तव्य फर्किने छन् ।

राइडरहरूले रोयल इन्फिल्डबाट विशेष उपहार पाउनेछन्भने फारम बुझाउने अन्तिम मिति फागुन १६ गते रहेको अल्फा अटोमोटिभ प्रालिले जनाएको छ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्