जोसँग मिलेर भएपछि प्रचण्डलाई सरकार चाहियो : ओली

आइतबार, फागुन १४, २०७९

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जनयुद्धपछि लगातार सत्ता लिप्सामा लागेको बताएका छन् ।

उनले जनयुद्धपछि ३ पटक प्रधानमन्त्री र लगातार जता जो सँग मिलेर भए पनि सरकारमा र सत्ता लिप्सामा लागेको बताए ।

सहिद, घाइते तथा बेपत्ता परिवारको सम्मानमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेका प्रधानमन्त्रीजी, जनयुद्धपछि सबैभन्दा बढी सत्तामा हुनुभयो, ३ पटक त प्रधानमन्त्री नै हुनुभयो । सत्तामा यति लामो समय हुने सायदै अरू कोही होला !’

उनले प्रधानमन्त्री प्रचण्ड आफ्नो स्वार्थका लागि जे पनि गर्ने व्यक्ति रहेको बताए ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार