नेभिगेशन
समाज विविध

परराष्ट्रमन्त्री पौड्याल आज जेनेभा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकमा भाग लिन आज जेनेभा जाँदै छिन् । 

परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी गराएको हो ।

बैठकमा नेपालले मानवअधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौड्यालले बताइन् । नेपाल सो परिषद्को सदस्य राष्ट्र हो ।

सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफूले गरेको प्रगतिबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र बहुपक्षीय तथा द्विपक्षीय छलफलको माध्यमबाट अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरका रूपमा पनि सो बैठकलाई उपयोग गरिने मन्त्री पौड्यालको भनाइ छ । 

मन्त्री पौड्याल सोही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध