नेभिगेशन
समाज विविध

सन्दीपको मुद्दाको सुनुवाइ बन्द इजलासमा

काठमाडौँ– बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ बन्द इजलासमा भइरहेको छ ।

गत शुक्रबार खुला इजलासमा सुनवाइ गरिएकामा आइतबार सन्दीपका कानुन व्यवसायीले बन्द इजलासमा सुनुवाइ गर्न माग गरेपछि बन्द इजलासमा सुनुवाइ भएको हो । 

महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर अग्राधिकार दिएको मुद्दाको सुनुवाइ न्यायाधीश कुमार चुडाल र सपना मल्लको संयुक्त इजालासमा परेको छ ।

सुनुवाइपछि आजै आदेश आउने सम्भावना रहेको बताइएको छ ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिँदै देश बाहिर जान नपाउने शर्त राखेको थियो । 

आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन परेको थियो ।

उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सुनुवाइ गर्दै विदेश जाने अनुमति दिन अस्वीकार गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध