नेभिगेशन
समाज विविध

पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ –जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै अभिनेता पल शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आइतबारसुनुवाइ हुँदैछ । 

नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाइ सकेको छ ।

फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका थिए । 

सरकारी वकिलले पनि उनलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै उच्च अदालत पोखरामा अर्को रिट निवेदन हालेका छन् । दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले आइतबार सुनुवाइ गर्दैछ ।

पलका अधिवक्ता कमलामोहन वाग्लेले आफूहरू पेसी सार्ने पक्षमा नरहेको बताएका छन् ।  

हाल पल शाह तनहुँ जिल्ला कारागारमा छन् । तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ ।

२०७८ फागुन ११ गते उनीविरुद्ध जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो । त्यसको ४ दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहले आत्मसमर्पण गरेका थिए । पछि नवलपुर जिल्लामा पनि जाहेरी परेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध