इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई हरायो

आइतबार, फागुन १४, २०७९

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटिलाई पराजित गरेको छ । 

शनिबारराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो । आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले खेलको ४६ औं मिनेटमा निर्णायक गोल गरे । त्यसअघि खेलको २७औं मिनेटमा आर्सनलका ट्रासोर्डको गोलले मान्यता पाएन । 

भीएआरले अफसाइड देखाएपछि उनको गोलले मान्यता नपाएको हो । यस जितसँगै आर्सनलले २४ खेलमा ५७ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीले ५२ अंक जोडेको छ भने लेस्टर २४ अंक जोडेर १४औं स्थानमा रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०७:२८
प्रतिक्रिया दिनुहोस्