ओलीको प्रतिक्रिया–चिया खानेहरू सबै भोटर हुँदैनन्

शनिबार, फागुन १३, २०७९

काठमाडौँ –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्रले एमालेका उम्मेदवारलाई मत दिने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झौता अनुसार आफूहरूलाई मत दिने विश्वस्त रहेको बताएका छन् ।

पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘पुस १० को सम्झौताअनुसार अध्यक्ष प्रचण्डले एमालेको उम्मेदवारलाई भोट हाल्नुहुन्छ ।’

‘पुस १० गते नै सहमति गरेका छौँ, अब अलिकति प्रचण्डजीले अप्ठ्यारो पर्यो भनिरहनुभएको छ । तर उहाँले सम्झौताअनुसार भोट 

उनले शुक्रबार बालुवाटारमा चिया खान पुगेका जति सबैलाई ८ दलमा गन्ती गर्ने काम भएको भन्दै बालुवाटार गएकाहरू सबै गठबन्धनका भोटर नभएको दाबी गरे ।

उनले भने,‘प्रचण्डजीले अलिकति अप्ठ्यारो पर्‍यो, दबाब पर्‍यो भनिराख्नुभएको छ । तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने लगभग हामीलाई एकीन नै छ,’ ओलीले भने ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्