एमालेले सरकारलाई दिएको समर्थन यथावत्

शनिबार, फागुन १३, २०७९

काठमाडौँ –नेकपा एमाले सरकारलाई दिएको समर्थन यथावत राख्दै तत्काल सरकारबाट नबाहिरिने भएको छ ।  शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत् नै राख्ने निर्णय गरेको हो । 

बैठकले २५ फागुन हुने राष्ट्रपतिको निर्वाचनसम्म सरकारलाई दिएको समर्थन यथावत् राख्ने र सरकारबाट नबाहिरिने निर्णय गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनले पुस १० गतेको सहमति कायम नै रहेको जानकारी दिए । 

‘पुस १० गतेको निर्णयअनुसार अगाडि बढ्छौं । सोही अनुसार राष्ट्रपति चयन गर्नुपर्छ । कांग्रेससहितका दलहरूलाई सहमतिमा ल्याउन प्रयास गर्छौं, कांग्रेसबाहेक सबै दललाई एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई मत माग्न पत्राचार समेत गर्छौँ’, उनले भने । 

उपमहासचिव गुरुङले ८ दलीय गठबन्धन नबनेको दाबी गर्दै २५ फागुनसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए। 


 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्