सबै दलको सद्भाव रहन्छ : रामचन्द्र पौडेल

शनिबार, फागुन १३, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको मात्र नभई सबै राजनीतिक दलले आफूमाथि सद्भाव राखेको विश्वास व्यक्त गरेका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पौडेलले सबै दलका संसदमा रहेका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका साथीहरूको सद्भाव आफूमाथि रहने विश्वास गरेका हुन् ।

बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

‘नेपालको संविधानको संरक्षण, नेपालको राष्ट्रियतको संरक्षण र नेपाली जनताको रेखदेख गर्ने अधिकार र जिम्मेवारी मलाई आउन लागेको छ,’ पौडेलले भने । उनले ७० वर्षसम्म संघर्ष गरेर प्राप्त गरेको व्यवस्थाको महत्व धेरै रहेको र यसमाथि खेलवाड गर्नेप्रति सबै नेपाली सजग हुनुपर्ने बताए ।

साथै, उनले नेपालको संविधानको संरक्षण र रेखदेख गर्ने जिम्मा आफूले पाएको पनि बताए । 


 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार