कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार

शनिबार, फागुन १३, २०७९

काठमाडौँ –नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । शनिबार बिहान पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तासीन माओवादी केन्द्रसहित ८ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको अनुसार पार्टीले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । 

२००१ सालमा जन्मिएका पौडेल १६ वर्षकै उमेरमा राजनीतिमा होमिएका थिए । २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र क्रान्तिमा उनी सहभागी भएका थिए । त्यसयता विद्यार्थी अभियन्ता हुँदै उनी प्रजातान्त्रिक समाजवादी युवा लिको महासचिवसमेत भएका थिए।  पछि नेबि संघमा आबद्ध भएका उनी कांग्रेसको कनेद्रीय सदस्य, महामन्त्री र निर्वाचित सांसद हुँदै उपप्रधानमन्त्री समेत बनेका थिए । 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिबार नै उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १०:३५
प्रतिक्रिया दिनुहोस्