प्रधानमन्त्रीले भने–अबदेखि नयाँ यात्रा सुरु

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८ दलबीच भएको पछिल्लो सहमतिबाट नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन् । 

बालुवाटारमा बसेको ८ दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले अब नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका हुन् । 

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘८ दलको सहमतिपछि नयाँ राजनीतिक यात्रा सुरु भएको छ ।’

संसदको ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णयका क्रममा प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरु भएको बताएको ज्वालाले भने । 

‘अब जनजीविकाका मुद्दामा पनि हामी एक भएर अघि बढ्नेछौँ’, ज्वालाले प्रधानमन्त्रीको भनाइ उद्धृत गदैै भने ।

ज्वालाले भने, ‘प्रधानमन्त्रीले यो निर्णय राजनीतिक टर्निङ प्वाइन्ट हो । आजदेखि हाम्रो नयाँ राजनीतिक यात्रा सुरु भएको छ । यसलाई अगाडि बढाऔँ, सबै दल मिलेर जाऔँ, राष्ट्रको समृद्धि, राजनीतिक स्थिरता, राष्ट्रिय स्वाधीनता र जनतालाई सेवा–सुविधा दिने सवालमा सबै मिलेर एकता भएर जानुपर्छ । सत्तासमीकरणका सन्दर्भमा पनि एकताबद्ध भएर जाऔँ भनेर अपिल गर्नुभएको छ ।’

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्