ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरूलाई भारतीय दुतावासको आवश्यक  इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने÷नवीकरण गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता कार्यान्वयन गर्न समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार दासले हस्ताक्षर गरे ।

सम्झौताअनुरुप नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघअन्तर्गतका संघका सदस्यहरूले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने कार्यको लागि अनिवार्य पर्फमेन्स बोन्डको लागि नेपालस्थित भारतीय दूतावासको नाममा जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने÷नवीकरण प्रयोजनका लागि बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्ण ढङ्गले पर्फमेन्स बैंक जमानत सुविधा प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंक देशका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्