एभरेष्ट बैंकको सहकार्यमा सोलार बस स्टयान्डको उदघाटन

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ । 

यसै सन्दर्भमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका– ३ को टौखेलमा वडा कार्यालयको संयुक्त साझेदारीमा निर्मित सोलार बस स्टयान्डको उदघाटन गरेको छ । सोलार बस स्टयान्डको उदघाटन ललितपुर महानगरपालिका– ३ का वडा अध्यक्ष सानु राज घिमिरे र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरे ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरू छन् । बैंकको देशैभरी छरिएर रहेका आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्