बलिङमा सुधार गर्दै सन्दीप वरियताको ३१ औं स्थानमा उक्लिए

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने एकदिवसीय बलिङ वरीयताको ३१औँ स्थानमा उक्लिएका छन् ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले सार्वजनिक गरेको एकदिवसीय बलिङको नयाँ वरीयतामा सन्दीप गएको हप्ताको तुलनामा १२ स्थानमाथि उक्लिएका हुन् । सन्दीप गएको साता वरीयताको ४३औँ स्थानमा थिए ।

घरेलु मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा सन्दीप नेपाली टिमबाट बलिङमा सबैभन्दा प्रभावकारी देखिएका थिए । उनले शृंखलाका चार खेलमा १३ विकेट लिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्