सन्दीप लामिछानेको निवेदनको सुनुवाई सकियो

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनको सुनुवाई सकिएको छ । लामिछानेले आफूलाई विदेश भ्रमणको अनुमति दिन माग गर्दै बिहीबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

नाबालिग भनिएकी एक किशोरीमाथि बलात्कार गरेको अभियोग क्रिकेटर लामिछानेलाई लागेको छ । सो अभियोग लागेपछि लामिछानेलाई नेपाली टोलीको युएई भ्रमणमा समावेश गरिएको छैन । लामिछानेले आफूलाई पनि टोलीमा समावेश अर्थात विदेश भ्रमणको अवसर दिन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई भ्रमणमा जाने अनुमति दिन अदालतसमक्ष अनुरोध गरेको थियो । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछाने टोलीका महत्वपूर्ण खेलाडी पनि हुन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्