पुरानो गठबन्धनका ४ दलको बैठक बालुवाटारमा जारी

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ– राष्ट्रपतिका विषयमा टुंगो लगाउन पुरानो गठबन्धनका ४ दलको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा पुरानो गठबन्धनमा आबद्ध दलहरू कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका शीर्ष नेता सहभागी छन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनअन्तर्गत शनिबार उम्मेदवारहरूको मनोनयन हुने कार्यक्रम छ । मनोनयन अगाडि नै राष्ट्रपतिको उम्मेदवारका विषयमा सहमति जुटाउन दलहरू छलफलमा व्यस्त छन् । यसैबीच, पुराना गठबन्धनका नेताहरूबीच सहमतिको प्रयास भएको हो । 

अर्कोतिर, राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा सत्ता साझेदार दलहरूबीच नै साझा उम्मेदवार तय हुन सकिरहेको छैन । पूर्वसहमतिविपरीत आफूलाई माओवादी केन्द्रले धोका दिएको एमालेको वृत्तमा परिरहेको छ ।

यसैबीच, राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न भन्दै शुक्रबार भएको को वार्ता निष्कर्षविहीन टुंगिएको थियो । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठक निष्कर्षविहीन टुंगिएको हो ।

आजै फेरि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ४ दलको बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

कांग्रेस र माओवादी केन्द्रलगायतका पुराना गठबन्धनका नेताहरूबीच सहमति भएमा  आजै अहिलेको गठबन्धन तोडिने सम्भावनासमेत छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १०:३१
प्रतिक्रिया दिनुहोस्