पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का  सम्मानित नेता झलनाथ खनाल नेतृत्वको एक प्रतिनिधिमण्डल बङ्गलादेशमा हुने दक्षिण एसियाली मानवअधिकारसम्बन्धी सम्मेलनमा सहभागी हुन ढाका प्रस्थान गरेको छ ।

सार्क हुमेन राइट्स फाउण्डेशनको आयोजनामा शुक्रबारदेखि हुन लागेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्गलादेशमा मानवअधिकारको अवस्था नामक सम्मेलनमा सहभागी हुन प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले प्रमुख अतिथिका रूपमा सम्मेलनमा सम्बोधन गर्नेछन् । प्रतिनिधिमण्डलमा नेता खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडा र पार्टीका केन्द्रीय सदस्य ताजमहम्मद मियाँ रहेका छन् ।

पूर्वप्रधानमन्त्री खनाल र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शुक्रबार शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । अन्य उच्चस्तरीय भेटवार्ता पनि तय भएको खनालको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  २०:०३
प्रतिक्रिया दिनुहोस्