आइसीसी क्रिकेट विश्वकप लिग २ मा सन्दिप नखेल्ने

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ –आइसीसी क्रिकेट विश्वकप लिग २ को युएईमा हुने खेलमा सन्दीप लामिछाने सहभागी नहुने भएका छन् । नेपाल क्रिकेट संघले युएई जाने खेलाडीहरूको सार्वजनिक गरेको सूचीमा लामिछानेको नाम छैन । उनको स्थानमा प्रतिस जिसीलाई राखिएको छ ।

संघले कानुनी अड्चन हुने र्भपछि सन्दीपलाई टोलीमा समावेश नगरिएको  जनाएको छ ।

नेपालले लिग २ अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । नेपाली टोलीले १५ फागुमा पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने छ । त्यसका लागि शनिबार नेपाली टोली युएई प्रस्थान गर्दैछ ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टिममा राखेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्