राष्ट्रपतिमा माओवादीले धोका दिँदैन : ओली

बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेलाई धोका नदिने दाबी गरेका छन् ।

बिहीबार बालकोटमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले प्रचण्डले एमालेसँग पुस १० गते नै सम्झौता गरिसकेको भन्दै माओवादीले राष्ट्रपतिमा अरूलाई समर्थन नगर्ने दाबी गरेका हुन् । 

ओलीले एमालेसँग सहमति भइसकेको अवस्थामा माओवादीले अरूसँग सम्झौता गर्न नमिल्ने र गरे त्यो राजनीतिक बेइमानी हुने बताए । 

पुरानो गठबन्धन ब्युँताउने चर्चा भइरहेका बेला ओली भने सत्ता गठबन्धन नभत्किनेमा विश्वस्त रहेको बताउँछन् । 

प्रधानमन्त्रीमा कांग्रेसको समेत विश्वासको मत पाएपछि प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । 

कांग्रेसको विश्वासको मतको गुन राष्ट्रपति दिएर तिर्ने पक्षमा प्रचण्ड रहेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्