आफ्नै कमजोरीले कांग्रेस सत्तामा पुग्न सकेन : महामन्त्री शर्मा

सोमबार, फागुन ८, २०७९

सुर्खेत– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब कांग्रेस नविनतम तरिकाले अघि बढ्नुपर्ने बताएका छन् ।

सोमबार पश्चिम सुर्खेतको पञ्चपुरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो पटक सबैभन्दा ठूलो पार्टी भएर पनि सत्तामा आफ्नै कमजोरीका कारण पुग्न नसकेको बताए ।

महामन्त्री शर्माले भने, ‘अब कांग्रेसलाई बदल्नु पर्छ, बदल्छौँ र देशभरीबाट बहुमत ल्याई आगामी दिनमा सिंहदरबारको नेतृत्व गर्नेगरी जानुपर्ने मनोविज्ञान आम कार्यकर्ताले बनाउनुपर्छ ।’ 

नेकपा (एमाले)ले सामाजिक सुरक्षा भत्तालाई हतियार बनाएर मत माग्ने गरेको उनले टिप्पणी गरे । 

भत्ता एमालेले सुरुवात गरे पनि त्यसलाई १०० बाट तीन सय बनाउने काम कांग्रेस नेतृत्वको सरकारले गरेको उनले जिकिर गरे । कांग्रेसले आफुले गरेको काम जनतामा बुझाउन नसकेको उनको भनाइ छ । कांग्रेसले आफुले गरेको कामको  भाग खोज्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १८:५५
प्रतिक्रिया दिनुहोस्