२३.६ अंकले घट्यो सेयर बजार, १ अर्ब ९४ करोडको कारोबार

सोमबार, फागुन ८, २०७९

काठमाडौँ– साताको पहिलो कारोबार दिनको सेयर बजार २३.६ अंकले घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक २३ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, सोमबार पहिलो दिनको सेयर बजार १.१४ प्रतिशतले घटेर २०४६.८१ विन्दुमा कारोबार बन्द भएको छ 

। सोमबार सेयर बजारमा ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ९४ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा १७७ कम्पनीका ऋणपत्रको मूल्य घटेको छ भने ३२ कम्पनीका ऋणपत्रको मूल्य बढेको छ । ७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि राप्ती हाइड्रो एन्ड जेनेरल कन्ट्रक्सन लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी, र एनएमबी हाइब्रीड फण्ड–१ ले भने नाफा कमाएका छन् । राप्ती हाइड्रोले १० प्रतिशतको सर्किट लेबलको कारोबार गरेको छ ।

यता, जीवन विकास लघुवित्त, उपकार लघुवित्त र हिमालय डिस्ट्रिलरी लिमिटेडले क्रमशः ९.१५, ७.४२ र ५.३१ प्रतिशतले मूल्य घटेको छ । हिमालय डिस्ट्रिलरी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ८२ लाख ५६ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ । एनएमबी ५० नामक कम्पनीको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको १३ लाख ३४ हजार १०० कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा धेरै हिमालय डिस्ट्रिलरी लिमिटेडको २६९८ पटक कारोबार भएको छ  ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्