देश जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गरौँ : पूर्वराजा ज्ञानेन्द्र

नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ
शनिबार, फागुन ६, २०७९

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउन दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न आह्वान गरेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजाले देश अधोगतिमा जान लागेको भन्दै दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न आह्वान गरेका हुन् ।

वक्तज्यमा पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’

शाहले नेपाल एकीकरणको २४० वर्षपछि शासकीय सत्ता जनताको नासो जनतालाई आफूले बुझाएको उल्लेख गर्दै अहिले देश कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको बताएका छन् । उनले अब आफू मौन रहन नसक्ने बताएका छन् । 

‘नेपालको अत्यधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ’ सन्देशमा उनले भनेका छन् ।

यस्तो छ उनको सन्देश

ex king of nepal1676736142.jpg

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  २१:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार