भारतीय सेनाका ४ पूर्वप्रमुख काठमाडौँमा

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका ४ पूर्वप्रमुख काठमाडाैँ आइपुगेका छन् । 

काठमाडौँ आउनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपूर र दलवीरसिंह सुहाग छन् । 

नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई सेना दिवस मुख्य समारोहमा भाग लिन निम्तो पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्वप्रमुखहरूले भाग लिने छन् । 

त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरू सहभागी हुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

सैनिक मुख्यालय जंगी अड्डामा यही फागुन ७ गते प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उनीहरूको भेटघाट र छलफल हुनेछ ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सोही दिन साँझ जंगी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्वप्रमुखहरूको सहभागिता रहनेछ ।

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

नेपाली सेनाले यस वर्ष २६०औँ स्थापना दिवस मनाउँदै छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्