प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सरकार सञ्चालनका लागि बनाइएको राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका ओली प्रचण्डलाई भेट्न आज बिहान बालुवाटार पुगेका थिए ।

सहमतिविपरीत पछिल्लो समय नेपाली कांग्रेसलाई राष्ट्रपति दिन लागेको भन्दै एमालेवित्तमा संशय पैदा भएको छ । यसैबीच दुई शीर्ष नेताबीच भेटवार्ता भइरहेको हो । 

No description available.

भेटमा राष्ट्रपतिको निर्वाचन र सरकारका काम कारबाहीका बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्