के हो एमालेको ‘मिसन ग्रासरूट’ अभियान ? कुन नेताको जिम्मेवारी कहाँ ? [सूचीसहित]

बुधबार, फागुन ३, २०७९

काठमाडौं– नेकपा एमालेले पार्टी  सुदृढीकरण तथा विस्तारको लागि भनेर २ महिने अभियान ‘मिसन ग्रासरूट’ सञ्चालन गर्न लागेको छ । 

अभियान यही फागुन ५ गतेबाट शुरू हुने एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्ण रिजालले जानकारी दिए । 

फागुन ५ गते सवा १२ बजे सातै प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअलमाध्यमबाट सम्बोधन गरेर अभियानको औपचारिक सुरूवात गर्ने तयारी एमालेको रहेको रिजालले बताए ।

अभियानको संयोजक पार्टी अध्यक्ष ओली नै तोकिएका छन् । 

एमालेले केन्द्रदेखि गाउँतहसम्मका नेता कार्यकर्तालाई समेटेर अभियानमा खट्ने नेता कार्यकर्ताको सूची तयार गरेको छ । 

एमालेले केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुई महिने अभियान सञ्चालनको लागि खटाएको छ । 

अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरूलाई जिम्मेवारी दिइएको रिजालले बताए ।

के हो ‘मिसन ग्रासरुट’ ?

नेकपा एमालेले तल्लो तहसम्म पुगेर पार्टी संगठनलाई सुदृढिकरण गर्ने अभियानलाई मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) भनेको छ । 

२ महिनासम्म सञ्चालन हुने उक्त अभियानबाट पार्टी सदस्यता नवीकरण र विस्तार मार्फत् आर्फत् धारभतू तहमा पार्टी सदस्यहरुको वास्तविक तथ्याङ्क, उनीहरुको

अवस्था, पालिका, वडा र टोल कमिटीको क्रियाशीलता र समग्रमा आधारभतू तहमा पार्टीको अवस्थाबारे यथार्थ र वस्तुनिष्ठ जानकारी उद्देश्यले यस्तो अभियान सञ्चालन गर्न लागिएको एमालेले प्रकाशन गरेको अभियान सम्बन्धि जानकारी पुस्तिकामा उल्लेख छ । 

त्यसैगर,ि पार्टीको आधारभूत पंक्तिलाई पार्टीका आधारभूत सैद्धान्तिक राजनीतिक विषयमा प्रशिक्षित गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको एमालेले बताएको छ ।  

उक्त अभियान सञ्चालनपछि स्थानीय तहमा उत्पन्न हुन सक्ने वा उत्पन्न भएका अन्तरविरोधको पहिचान र तिनको समाधानका ठोस विकल्पबारेको सिफारिस पार्टीलाई प्राप्त हुने, पार्टी कमिटी र जनप्रतिनिधिहरुबीचको सम्बन्धबारे वैचारिक, राजनीतिक र संरचनागत स्पष्टता हासिल हुने अभियान सम्बन्धि एमालेले प्रकाशन गरेको दस्तावेजमा उल्लेख छ । 

स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका थप प्रभावकारी हुने, पार्टीमा सम्भावनायुक्त नयाँ पुस्ताको पहिचान हुने, पार्टीलाई जनसरोकारका विषय लगायत समाजका विभिन्न क्षेत्रका रचनात्मक सझाव हासिल हुने एमालेले बताएको छ ।

एमालेले २०८० को बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गरेर अभियान सम्पन्न गर्ने तयारी गरेको छ । 

कसको जिम्मेवारी कहाँ ?

प्रदेश–१

अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की

मधेश प्रदेश

ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बाग्मती प्रदेश

सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश

युवराज ज्ञवाली, पदमा कुमारी अर्याल, किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश

रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य,  भानुभक्त ढकाल र राजन भट्टराई  

कर्णाली प्रदेश

सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई,  यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्बाहाङ्फे

सुदूरपश्चिम प्रदेश

विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा

विशेष कमिटी (केन्द्रीय कार्यालय)

शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र डा. भीष्म अधिकारी 

यस्तो छ अभियानमा खट्ने नेता कार्यकर्ताको सूची

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार