नेभिगेशन
समाचार

‘जनयुद्ध दिवस’ मा कांग्रेस नेता रिजालले मागे महामन्त्रीद्वय र प्रवक्ताको धारणा

काठमाडौँ –नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले संविधान र शान्ति सम्झौताको मर्मविपरीत ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयप्रति कांग्रेसको आधिकारिक धारणा माग गरेका छन् ।

सरकारको निर्णयबारे प्रश्न उठाउँदै नेता रिजालले कांग्रेस महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै प्रवक्ता प्रकाशरण महतको समेत धारणा माग गरेका हुन् । उनले सरकारको निर्णयलाई वृहत् शान्ति सम्झौता र संविधान विपरीत भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुका लेख्दै रिजालले भनेका छन्– ‘एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्म विपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’ बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू ।’
Capture1676272647.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार