पररष्ट्रमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेटवार्ता

आइतबार, माघ २९, २०७९

काठमाडौँ– परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गरेकी छन् । 

मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री पौड्यालले नेपालको शिक्षा, स्वास्थ्य, लैङ्गिक सहभागितालगायतका क्षेत्रमा गर्दै आएको सहयोगका लागि नर्वेली सरकारलाई धन्यवाद दिइन् । सो अवसरमा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिबद्धता जनाएकी थिइन् ।  

दक्षिण कोरियाका राजदूत भेट

आजै परराष्ट्रमन्त्री पौड्यालसँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ म्यानले शिष्टाचार भेट गरेकी छन् । भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्व शान्ति नै नेपाल र नेपालीको चिनारी भएकाले नेपाल सदैव कुनै पनि प्रकारको द्वन्द्वको शान्तिपूर्ण समाधानको पक्षमा उभिने बताइन् ।

भेटमा राजदूत म्यानले आफ्नो मुलुक शान्तिपूर्ण स्थायित्वको पक्षमा रहेको बताएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १९:१९
प्रतिक्रिया दिनुहोस्