विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिवमा रञ्जु दर्शना सर्वसम्मत

शनिबार, माघ २८, २०७९

काठमाडौँ– विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा सर्वसम्मत चयन भएकी छन्। 

काठमाडौंमा शनिबार सम्पन्न पहिलो महाधिवेशनबाट बाँस्कोटा सर्वसम्मत रुपमा चयन भएकी हुन् ।

महाधिवेशन निर्वाचन समितिका संयोजक केशव दाहालका अनुसार उपाध्यक्षमा प्रकाश परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएका छन् ।

महासचिवमा रञ्जु दर्शना तथा सचिवमा पवित्रा थापा, विमला तामाङ र समुन्द्र केसी चयन भएका छन् । पार्टीको कोषाध्यक्षमा दामोदर नेपाल निर्वाचित भएको संयोजक दाहालले जानकारी दिए ।

यी सबै सर्वसम्मत रुपमा चयन भएको बताइएको छ। पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ । 

गत मंसिरमा रवीन्द्र मिश्रले राजीनामा दिएपछि बाँस्कोटालाई अध्यक्ष चयन गरिएको थियो । अहिले उनैलाई निरन्तरता दिइएको हो।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  २०:३२
प्रतिक्रिया दिनुहोस्