टर्की–सिरिया भूकम्पको त्रासदी [तस्बिर कथा]

शुक्रबार, माघ २७, २०७९

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार बिहान गएको भूकम्पमा परी शुक्रबारसम्म २२ हजार ३६८ जनाको मृत्यु भइसकेको छ । भूकम्पमा परेर दशौँ हजार घाइते भएका छन् । 

उद्धारकर्मीहरूका अनुसार टर्कीमा १८ हजार ९९१ जना तथा सिरियामा ३ हजार ३७७ जनाले ज्यान गुमाएका छन् । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा १ हजार ३४० जना हताहत भएका छन् भने विद्रोही पकड जमाएको भूभागमा २ हजार ३७ जनाले ज्यान गुमाएका छन् ।

टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेका छन् । विश्व ब्याङ्कले १ अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सोमबार बिहान टर्कीको गाजियान्टेप प्रान्तमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो । नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्प पनि ७.८ म्याग्निट्यूडकै थियो । यस्तै सोही दिन दोस्रो भुइँचालो ७.५ म्याग्निट्यूडको गएको थियो।

टर्कीमा आएको पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा केवल १८ किलोमिटर मुनि थियो ।

skynews-turkey-earthqake_60492871676044340.jpg

a7472000-a944-11ed-8f65-71bfa0525ce31676044316.jpg

230206003902-05-turkey-earthquake-02061676044284.jpg

899753f0-a92a-11ed-8f65-71bfa0525ce31676044270.jpg

6805c860-a8e5-11ed-8f65-71bfa0525ce31676044253.jpg

30001676044232.jpeg

1b231280-a865-11ed-9751-7f5a6a4be68a1676044217.jpg

_128535374_96be29d69fc683792f054c8e743ec31f18bf50801676044020.jpg

_128539943_gettyimages-12468407611676044044.jpg

_128546924_turkey_earthquake_first_gaziantep1676044103.png

_128547066_turkey_earthquake_second_gaziantep1676044161.png

11676044195.jpg

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्