जापानको सहयोगमा निर्मित बर्थिङ सेन्टर हस्तान्तरण

शुक्रबार, माघ २७, २०७९

दाङ –घोराही नगरपालिकामा जापान सरकारद्वारा निर्मित बर्थिङ सेन्टर हस्तान्तरण गरिएको छ । 

शुक्रबार नेपालका लागि जापानी राजदूत किकुता युताकाले बर्थिङ सेन्टर हस्तान्तरण गरेका हुन् ।

नवनिर्मित भवन भूकम्प प्रतिरोधी रहेको छ । ग्रासरुट ह्युमन सेक्युरिटी कार्यक्रम अन्र्तगत जापान सरकारले बर्थिङ सेन्टर निर्माण गरेको हो । बर्थिङ सेन्टरमा स्वास्थ्य उपकरण भने नेपाल परिवार नियोजन संघले सहयोग गरेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार