एमालेले जसलाई अगाडि सार्छ, उही राष्ट्रपति : ओली

शुक्रबार, माघ २७, २०७९

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले जसलाई अगाडि सार्छ उही राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

‘राष्ट्रपतिका बारेमा एमालेले जसलाई अघि सार्छ उही राष्ट्रपति बन्छ’, ओलीले भने ।
शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले भने– ‘हामीले जो भन्छौं, त्यही आउँछ ।’ ओलीले केन्द्र सरकार जोगिने वा नजोगिनबारे हेर्दै जानुपर्ने बताए ।
प्रदेश सरकार जोगाउन नसकेको अवस्थामा केन्द्र सरकार के हुन्छ ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले भने,‘हेर्दै जाऔँ ।’ 
सुदूरपश्चिममा विश्वासको मत नपाएपछि एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको सरकार ढलेको हो । त्यहाँ कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको छ ।
फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सत्ता गठबन्धनभित्र राष्ट्रपतिको उम्मेदवार एमालेबाट हुँदैछ । त्यस्तै, कांग्रेसले राष्ट्रपतिमा कुनै हालतमा एमालेको उम्मेदवारलाई हराएरै छाड्ने दाबी गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्