संकटमा सुदूर सरकार, प्रदेशसभा बैठक

बिहीबार, माघ २६, २०७९

धनगढी– नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने अडान लिएपछि प्रदेश सरकार संकटमा परेको छ ।

मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्नेछ । तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएपछि सरकार स‌कटमा परेकाे हाे ।

अहिले प्रदेशसभा बैठक बसिरहेकाे छ ।

नागरिक उन्मुक्तिका ७ सांसद काठमाडौँमै छन् । मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो ।

उनी एकमहिना अघि अन्य दलहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिन नसके सरकार ढल्छ ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्