राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दसौंदी निर्वाचित

बुधबार, माघ २५, २०७९

कैलाली –राष्ट्रियसभा सदस्यको रिक्त पदमा नेकपा (एमाले)का उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको रिक्त १ पदका लागि बुधबार उपनिर्वाचन भएको हो ।

दसौंदीसहित नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा थिए । दसौंदी सत्ता गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका थिए ।

दसौंदीले ४ हजार २६ मतभार प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले ३ हजार ७२० र रायले १९२ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यहाँबाट प्रतिनिधित्व गर्ने तत्कालीन सदस्य खिमलाल भट्टराईले राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएपछि उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्