टी–२० क्रिकेटमा इन्डोनेसियाकी बलर रोहमालियाले तोडिन् सबै रेकर्ड

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं– इन्डोनेसियाकी बलर रोहमालियाले टी–२० क्रिकेटमा सबै रेकर्ड तोड्दै विश्व किर्तिमान कायम गरेकी छन्। 

१७ वर्षीया उनले मंगोलियाविरुद्धको खेलमा शून्य रनमा ७ विकेट लिएर किर्तिमान कायम गरेकी हुन्। उनको यो डेब्यु खेल थियो।
यो महिला र पुरुषतर्फका टी–२० विश्व क्रिकेटमा कायम गरिएको नयाँ किर्तिमान हो।  

बालीमा मंगोलियाविरुद्धको द्विपक्षीय श्रीङ्खलाको पाँचौं टी–२० मा स्पिनर रोहमालियाले २० वटा बलिङ गरेकी थिइन्। सबै डट बल गरेकी उनले सात ब्याट्सम्यानलाई डकमा आउट गरेर कीर्तिमान कायम गरिन्। 

यसअघि अर्जेन्टिनाकी एलिसन स्टकस र र नेदरल्यान्ड्सकी फ्रेडरिक ओभरडाइकले डट बल गरी तीन–तीन विकेटको रेकर्ड कायम गरेका थिए। 

नेपालका दिपेन्द्र सिंह ऐरीले पनि मंगोलियाविरुद्ध चीनमा भएको टी–२० क्रिकेटमा ९ बलमा ५२ रन हानेर किर्तिमान कायम गरेका थिए। यस्तै नेपालले सोही खेलमा टी–२० तर्फ ३१४ रन हानी अहिलेसम्म सबै रेकर्ड तोडेर किर्तिमानी कायम गरेको थियो।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्