नेभिगेशन
समाचार

विचार मिल्ने पार्टीहरूसँग एकता हुन्छ : विप्लव

काठमाडौँ –नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विचार मिल्ने पार्टीहरूसँग एकता गर्नुपर्ने बताएका छन् । 

बुधबार पत्रकार सम्मेलनमा बोल्दै उनले विचार मिल्ने पार्टीहरूसँग एकता गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘विचार मिल्ने पार्टीहरूसँग एकता गर्नुपर्छ । मुद्दा मिल्ने कम्युनिष्ट पार्टीहरूसँग सहकार्य गर्नुपर्छ । यही व्यवस्थाभित्र घुसेर होइन, यसको समाधान वैज्ञानिक समाजवादमा खोज्नुपर्छ ।’

नेपालमा वैज्ञानिक समाजवादी बहस हुनुपर्ने भन्दै उनले भने, ‘नेपालमा वैज्ञानिक समाजवादी बहस रुपान्तरणकारी राजनीतिक बहस होस् र त्यसमा सबै देशभक्त शक्तिहरू पनि लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य हुन सकोस् ।’

उनले खुल्ला ढंगले सबै विषयमा छलफल गर्न तयार रहेको बताउँदै नेपाललाई निराशावादी गोलचक्करबाट मुक्त गरी सुन्दर नेपालतिर लैजाने गरी बहसलाई केन्द्रित गरिनुपर्ने पनि उनले बताए ।

विप्लवले एक्काइसौं शताब्दी पूँजीवाद विरुद्धको शताब्दी हुने बताए । ‘एक्काइसौं शताब्दी पूँजीवादको विरुद्धमा हुने आफूहरुको आशा र विश्वास छ’, उनले भने ।

अहिले पूँजीवादी देशले नै युद्ध र आतंकको नेतृत्व गरिरहेको टिप्पणी गदैै युरोपले गरिब देशमा लादेको युद्ध फर्किएर फेरि युरोप नै पुगेको बताए । अब तेस्रो विश्वयुद्धको खतरा बढेको उनको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार