‘२० वर्ष टिक्छ भनेको गठबन्धन किन जोगाउन सकिएन?’

बुधबार, माघ २५, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २० वर्ष टिक्छ भनेको गठबन्धन किन जोगाउन नसकेकामा जनतालाई जबाफ दिनुपर्ने बताएका छन् । 

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले १५/२० वर्ष जान्छ भनेर बनाइएको गठबन्धन ५ वर्ष पनि टिकाउन नसकिएकोबारे जनतालाई जबाफ दिनुपर्ने बताएका हुन् ।

‘२० वर्षसम्म गठबन्धन जान्छ, स्थिरता र समृद्धि दिन्छ, मत हाल्नुस् भनेर भन्यौँ । हामीले त मतदाताको जनप्रतिनिधि छान्ने अधिकारलाई सीमित गरिदियौँ । तर, प्रधानमन्त्रीको विषयमा कुरा नमिल्दा ५ वर्ष पनि गठबन्धन टिकाउन सकिएन,’ उनले भने, ‘अहिले आफूलाई आफूले प्रश्न गर्ने र अरूलाई उत्तर दिनुपर्छ कि पर्दैन रु आमनागरिकलाई उत्तर दिनुपर्छ ।’

लाखौँ मतदातालाई गठबन्धनको भारी बोकाएर उत्तरबाट भाग्न नमिल्ने उनको भनाइ छ । ‘हामीले प्रश्न सोध्ने को हो भन्ने रु त्यो मिल्दैन, यसको उत्तर हामीले दिनुपर्छ ।’

नेकपा ९एमाले०ले गएको पुस १० गते दिउँसो ३ बजेसम्म हस्ताक्षर लिएर आउने र कांग्रेससँग मिलेर सरकार बनाउने भनेको पनि उनले बताए । तर, कांग्रेसलाई जस्तै एमालेले नेकपा ९माओवादी केन्द्र०लाई पनि आश्वासन दिएर ढाँट्ने काम गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्