राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने प्रयत्न जारी छ : मन्त्री शर्मा

मंगलबार, माघ २४, २०७९

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन् । 

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै शर्माले रास्वपालाई सरकारमा ल्याउन पहल भइरहेको बताएकी हुन् ।

उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको पनि उनले बताइन् । 

‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेर गएको छ । तर, सरकारको समर्थन फिर्ता लिएको छैन । त्यसकारणले सरकार संकटमा भएको स्थिति देखिँदैन’, मन्त्री शर्माले भनिन् ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १९:४७
प्रतिक्रिया दिनुहोस्