नेपाल–भारत विद्युत् व्यापारसम्बन्धी बैठक हुने

मंगलबार, माघ २४, २०७९

काठमाडौँ –आगामी फागुन ५ र ६ गते भारतमा नेपाल–भारत विद्युत् व्यापार संयुक्त सञ्चालक समितिको १० औं बैठक हुने भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा तथा जलस्रोत मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिने छ । 

बैठकमा ऊर्जा सचिव घिमिरे नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृत दिएको हो । 

त्यस्तै, फागुन १ गतेदेखि ५ गतेसम्म रक्षामन्त्री हरिप्रसाद उप्रेती नेतृत्वको भारत भ्रमणलाई पनि मन्त्रिपरिषद्ले स्वीकृत दिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्