प्रचण्डलाई भेट्न बालुवाटार पुगे ओली

मंगलबार, माघ २४, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेसँगै राष्ट्रपति निर्वाचनलाई लिएर गठबन्धनमा विभिन्न आशंका उब्जिएका छन् । 

प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेका बेला एमाले अध्यक्ष ओलीले प्रचण्डसँगको भेट बाक्लो बनाउँदै गएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्