एमालेले चुनावपछि पहिलो पटक बोलायो केन्द्रीय कमिटी बैठक

सोमबार, माघ २३, २०७९

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको छ । 

एमालेले २९ र फागुन १ गते बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

चुनावयता एमालेले केन्द्रीय सचिवालयको बैठक मात्रै गर्दै आएको थियो । 

बैठकको एजेन्डा तय गर्न एमालेले माघ २६ मा बस्नेगरी सचिवालय बैठक बोलाएको छ ।

बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीति र सांगठनिक सुदृढीकरणका एजेण्डा प्रस्तुत हुन सक्ने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्